पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओको बाँडफाँड आज फागुन २९ गते शुक्रबार हुँदैछ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार शुक्रबार बिहान ९:३० बजे सेयर बाँडफाँड गर्ने तयारी गरिएको हो।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि भने उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकिएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ९ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गरेको हो।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया