युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले युनिभर्सल पावरको नाममा रहेको १४ लाख ४२ हजार १ सय ८७ कित्ता राप्ती हाईड्रोको सेयर बिक्री गर्ने निर्णय गरेको हो।
कम्पनीले विद्युतसम्बन्धी सेयरको सार्वजनिक निष्काशन पूर्वस्वीकृति तथा नियमन निर्देशिका, २०७८ को दफा ११ अनुसार सार्वजनिक सूचना प्रकाशित गर्दै सेयर बिक्रीको जानकारी गराएको हो। राप्ती हाईड्रोको संस्थापक सेयरको लकइन अवधि २०८२ साउन ८ गते समाप्त हुँदैछ। लकइन अवधि खुलेपछि युनिभर्सल पावरले उक्त सेयरको बिक्री प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
लकइन अवधि खुलेसँगै युनिभर्सलले राप्तीको सेयर बिक्री गर्ने भएको हो । यस अघि राधी विद्युत कम्पनीले पनि राप्ती हाईड्रोको सेयर बिक्री गर्ने निर्णय सार्वजनिक गरेको थियो ।















प्रतिकृया