निजामती सेवामा श्रेणीगत प्रणाली हटाइ १४औं तहसम्म राख्ने सहमति

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २ गते
निजामती सेवामा श्रेणीगत प्रणाली हटाइ १४औं तहसम्म राख्ने सहमति

संघीय निजामती सेवामा अब श्रेणीगत प्रणाली हटाई तहगत प्रणाली लागू गर्ने सहमति भएको छ। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको दफावार छलफलमा उक्त सहमति जुटेको हो। सरकारले दुवै प्रणाली प्रस्ताव गरे पनि समितिले केवल तहगत प्रणाली राख्ने निर्णय गरेको हो।

नयाँ संरचनामा निजामती सेवामा चौधौँ तह रहनेछ, तर कतिपय सांसदहरूले अतिरिक्त सचिव राखेर १५औँ तह बनाउनुपर्ने माग गरेका छन्। कार्यसम्पादन मूल्यांकन, कार्य विवरण र सरुवासम्बन्धी विषयमा पनि छलफल भएको थियो। सांसदहरूले कार्य मूल्याङ्कन सरुवापछि नभई, काम बुझेर मात्र गर्नुपर्ने धारणा राखेका छन्।

समितिले संघीय निजामती विधेयकमाथि निरन्तर छलफल गरी संसद्को यही अधिवेशनभित्र पारित गर्ने लक्ष्य राखेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स