जुम्लामा चुकेनी जलविद्युत परियोजना सञ्चालनमा आएपछि लोडसेडिङको समस्या हट्यो

जुम्लामा चुकेनी जलविद्युत परियोजना सञ्चालनमा आएपछि लोडसेडिङको समस्या हट्यो

जुम्लाको पातारासी गाउँपालिकामा बनेको एक मेगावाट क्षमताको चुकेनी जलविद्युत परियोजना सञ्चालनमा आएपछि लोडसेडिङको समस्या हटेर गाउँ झिलिमिली भएको छ।

एशियाली विकास बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, स्थानीय स्वलगानी, र कृषि विकास बैंकको ऋणमा ४४ करोड ४४ लाख ३३ हजार रूपैयाँको लगानीमा यो परियोजना निर्माण गरिएको हो।

परियोजनाले पातारासी गाउँपालिकाभित्र सहकारीमार्फत विद्युत वितरण गर्दै अन्य स्थानका लागि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ। यसबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्टसमेत सञ्चालनमा आएको छ। करिब साढे सात हजार घरधुरीले भरपर्दो र गुणस्तरीय विद्युत पाउन थालेका छन्, जसले जुम्लावासीलाई ठूलो राहत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स