नेपालले विद्युत् निर्यातमा नयाँ इतिहास रचेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार, भारत र बंगलादेशलाई दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ। यस दरले निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गर्न सक्नेछ।
सन् २०८२ भदौसम्म नेपालले करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्ने अनुमान गरिएको छ। मन्त्री खड्काले यस उपलब्धिलाई ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउने महत्वपूर्ण कदम भएको बताए।
सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ पनि सार्वजनिक गरेको छ। यस अनुसार, २०३५ सम्म नेपालले कुल २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसमा १५,००० मेगावाट निर्यात गर्ने योजना छ जसमा भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट विद्युत् निर्यात गर्ने ठोस योजना तयार गरिएको छ।
मन्त्री खड्काले भने, “यो ऐतिहासिक यात्रामा साथ दिने सम्पूर्ण संघ–संस्था तथा कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु। सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धतामार्फत नेपाल आगामी दशकभित्र ऊर्जा उत्पादन र निर्यातमा क्षेत्रीय शक्ति राष्ट्र बन्ने लक्ष्य पूरा गर्नेछ।”








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया