नेपाल विद्युत् प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति नवीकरण पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात अनुमति नवीकरण गरेको हो।नेपालले देशभित्रको माग पूरा गरी बाँकी विद्युत् भारतमा इन्डियन इनर्जी एक्सचेन्ज मार्फत डे–अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा बिक्री गर्दै आएको छ। साथै, द्विपक्षीय सम्झौता अन्तर्गत हरियाणा र बिहार राज्यलाई पनि विद्युत् बिक्री हुँदै आएको छ।
हाल नवीकरण स्वीकृति पाएका चार आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा बिक्री हुने छ। ती आयोजनाको पुरानो स्वीकृति सकिएको थियो भने नयाँ स्वीकृति मङ्गलबारदेखि लागू हुने गरी करिब एक वर्षका लागि प्रदान गरिएको हो।यस्तै, द्विपक्षीय सम्झौता अन्तर्गत हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित १८० मेगावाट विद्युत् बिक्री भइरहेको छ। यो सम्झौताको अनुमति बिहीबार (आज) सकिँदैछ। हरेक वर्ष जुनदेखि अक्टोबर महिनासम्म हरियाणालाई विद्युत् बिक्री गर्ने गरिएको छ।
प्राधिकरणले हरियाणालाई बिक्री हुँदै आएको आयोजनाको विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा पनि बिक्री गर्न अनुमति मागेको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सो प्रस्ताव स्वीकृत गरेपछि शुक्रबारदेखि ती चार आयोजनाको विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा समेत निरन्तर बिक्री गर्न पाइने भएको छ।
यसबीच, भारतको नयाँ दिल्लीमा भइरहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टरसँगको भेटमा विद्युत् निर्यात स्वीकृति प्रक्रियालाई सरल बनाउन आग्रह गरेका थिए। उनले नेपालमा अहिले विद्युत् उत्पादनको उपयुक्त समय भएको उल्लेख गर्दै नवीकरणका लागि पठाइएको प्रस्ताव तत्काल स्वीकृत गर्न आग्रह गरेका थिए।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया