नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादित डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति रोकेको थियो।सोहि कारण प्राधिकरणले कात्तिक ४ र ७ गते २५ उद्योगको विद्युत् आपूर्ति काटेको थियो। त्यसयता १५ उद्योगले पहिलो किस्ता तिरेका छन् र तत्काल लाइन पुनःजोडिएको छ भने बाँकी १० उद्योगमा अझै विद्युत् आपूर्ति बन्द छ।
प्राधिकरणका अनुसार, लाइन कटौतीपछि घराना फुड्स र गोयन्का फुड्सले तुरुन्त किस्ता तिरेर विद्युत् लाइन जोडाएका थिए। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, पञ्चकन्या लगायतका अन्य उद्योगहरूले पनि पहिलो किस्ता तिरेका छन्। गत साता प्रधानमन्त्री कार्यालयमा भएको सहमतिअनुसार, धरौटी तिरेपछि लाइन जोड्ने र न्यायिक प्रक्रिया अघि बढाउने निर्णय भएको थियो। तर प्राधिकरणले यसलाई बक्यौताकै किस्ता मानेको छ।
पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरू: त्रिवेणी सिन्थेटिक (१५ लाख ७१ हजार) रिलायन्स स्पिनिङ मिल्स (२ करोड ७७ लाख), हुलास स्टिल (५० लाख ४३ हजार), अशोक स्टिल (६३ लाख), हामा आइरन एन्ड स्टिल(२० लाख ९० हजार), पञ्चकन्या प्लास्टिक (२४ लाख ६३ हजार), श्याम प्लास्टिक (४९ लाख १० हजार), पञ्चकन्या स्टील ( ५२ लाख १९ हजार), सिद्धार्थ पेटप्लान्ट (१ करोड ८३ लाख), हिमाल आइरन एन्ड स्टिल (१३ करोड ६५ लाख), शिवम् सिमेन्ट (२ करोड ३८ लाख), घराना फुड्स (६७ लाख) , गोयन्का फुड्स (५२ लाख ७३ हजार), सोनापुर मिनरल एन्ड आयल (८६ लाख ३० हजार),र घोराही सिमेन्ट (१ करोड ८१ लाख) रहेका छन्।

















प्रतिकृया