सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली दिन्छौं: हितेन्द्रदेव शाक्य

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १३ गते
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली दिन्छौं: हितेन्द्रदेव शाक्य

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका सुख्खाग्रस्त क्षेत्रमा ५ सय बोरिङ खन्ने घोषणा गरेसँगै विद्युत आपूर्तिको सम्भाव्यता बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जनकपुरधाम पुगेका छन्।चितवनको विद्युत आपूर्तिको अवस्था निरीक्षण गरी जनकपुरधाम आएका शाक्यले सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरेका छन्।

उनले बोरिङ जडान गरिने स्थानमा कसरी विद्युत आपूर्ति गर्न सकिन्छ भन्ने विषयमा प्राधिकरणको रणनीति तय गर्न प्रत्यक्ष छलफल गरेको बताए। शाक्यले भने, “हामी तयार छौं तर कहाँ-कहाँ जडान हुन्छ भन्ने जानकारी सम्बन्धित निकायबाट आउन नसकेकोले ढिलाइ भएको छ। अब डेढ महिनाभित्रै सिंचाइ सुरु गर्नुपर्ने भएकाले अहिले नै पम्पको संख्या, क्षमता र स्थानको विवरण आवश्यक छ।”

किसानको समस्या राष्ट्रिय समस्या भएको उल्लेख गर्दै उनले सिंचाइका लागि प्रतियुनिट ८ रुपैयाँ पर्ने विद्युत ३ रुपैयाँमै उपलब्ध गराउने प्रतिबद्धता जनाए। निर्देशक शाक्यले प्राधिकरणका स्थानीय प्रमुखलाई खेतमै पुगेर किसानसँग प्रत्यक्ष संवाद गरी बोरिङ जडानको स्थान र आवश्यकतालाई नजिकबाट बुझ्न निर्देशन दिइसकेको जानकारी पनि दिए। “अबको एक महिनाभित्रै बोरिङ जडानको काम सक्ने गरी तयारी थालेका छौं,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स