नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एकान्त कारावास (सोलिटरी कन्साइन्मेन्ट) मा राखिएको भन्दै टिप्पणी गरेका छन्।
बिहीबार रुपन्देही कारागार पुगेर लामिछानेलाई भेटेर फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
भट्टराईले भने, “उहाँ बस्ने ठाउँ एक प्रकारको सोलिटरी कन्साइन्मेन्ट जस्तै रहेछ। जेलभित्र खुला ठाउँ, कुराकानी गर्ने अवसर हुनु सामान्य हो। तर उहाँलाई एकान्त कक्षमा राख्नु उपयुक्त लागेन।” उनले यसबारे सम्बन्धित निकायसम्म कुरा पुर्याउने बताएका छन्।
यस्तै, उनले लामिछानेलाई पत्रपत्रिका नदिई सूचनाबाट वञ्चित गरिएको आरोप पनि लगाए। भट्टराईले भने, “उहाँलाई पत्रपत्रिका दिइँदैन रहेछ। हामी त पञ्चायत कालमा हुँदा पनि साथीहरूले पत्रपत्रिका दिन्थे, पढ्ने गर्थ्यौं।”
उनले ड्युटीमा रहेका सुरक्षाकर्मीलाई यसबारे सोध्दा “आदेश छैन” भन्ने जवाफ आएको जानकारी दिए। “कम्तिमा सूचनाबाट वञ्चित गर्नु चाहिँ उचित होइन,” भट्टराईले भने।
रवि लामिछाने जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले आफू सद्भाव राखेर भेट्न गएको पनि भट्टराईले स्पष्ट पारे।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया