राधी विद्युत कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले राधीको नाममा रहेको १२ लाख ९० हजार कित्ता राप्ती हाईड्रोको सेयर बिक्री गर्ने निर्णय गरेको हो।
कम्पनीले विद्युतसम्बन्धी सेयरको सार्वजनिक निष्काशन पूर्वस्वीकृति तथा नियमन निर्देशिका, २०७८ को दफा ११ अनुसार सार्वजनिक सूचना प्रकाशित गर्दै सेयर बिक्रीको जानकारी गराएको हो। राप्ती हाईड्रोको संस्थापक सेयरको लकइन अवधि २०८२ साउन ८ गते समाप्त हुँदैछ। लकइन अवधि खुलेपछि राधी विद्युतले उक्त सेयरको बिक्री प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
यसअघि, राधीले दोर्दी खोला जलविद्युत कम्पनीको १६ लाख ४४ हजार ८८८ कित्ता संस्थापक सेयर पनि बिक्री गरिसकेको छ। असार ८ गते कम्पनीले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोलाको सेयर बिक्री गरेको थियो।














![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया