राधी विद्युत कम्पनीको साधारणसभा स्थगित

राधी विद्युत कम्पनीको साधारणसभा स्थगित

राधी विद्युत कम्पनी लिमिटेडको साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित गरिएको हो।

उक्त सभा ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि आयोजना गर्ने तय गरिएको थियो।

सभाको कार्यसूचीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यक्रम थियो। साथै, नियामक निकायको निर्देशनअनुसार प्रस्तावित संशोधनमा आवश्यक परिमार्जन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि समावेश थियो।

यसैगरी, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, आव २०८१/८२ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू अनुमोदन गर्ने कार्यसूची रहेको थियो।

त्यसैगरी, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पारित गर्ने तयारी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स