राधी विद्युत कम्पनी लिमिटेडले आगामी पुस २२ गते आफ्नो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिले मंसिर २९ गतेको बैठकमा ललितपुर, चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजे सभा सुरु गर्ने निर्णय गरेको हो। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार परिमार्जन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
साथै, गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात र आव २०८१/८२ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, आव २०८२/८३ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिने छन्।
साधारण सभामा भाग लिनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया