प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नु अहिले फेसनजस्तै बनेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभामा भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले केही मानिसहरूलाई सरकारमाथि आरोप नलगाई रहन नसक्ने बानी भएको बताए।
उनले भने, “कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्, कहिले अहिले पनि छानबिन होस् भनेर कराउँछन्। यस्ता कुरा ह्याबिट हो। म यस्ता बानीको धेरै वास्ता गर्दिन, चित्त पनि दुखाउँदिन।”
प्रधानमन्त्री ओलीले केवल हल्ला, अफवाह वा सामाजिक सञ्जालका पोस्टका आधारमा कसैलाई कारबाही गर्न नसकिने स्पष्ट पारे। “हल्ला केही चल्यो, केही बोल्यो, कहिँ कतै छपायो, अथवा फेसबुकमा स्टाटस लेख्यो त्यसैका आधारमा कारबाही हुँदैन भन्ने सबैलाई थाहा हुनुपर्छ,” उनले भने।
उनले भ्रष्टाचारबारे गम्भीर आशंका उठेमा भने शून्य सहनशीलताको नीति अपनाउन आफू तयार रहेको उल्लेख गरे।
“गम्भीर आशंका वा प्रश्न उठेका खण्डमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनैपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया