त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा भन्सार छल्दै सुन ल्याएको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन्।
चितवन भरतपुर महानगरपालिका-१२ का संजय तामाङलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। उनी एयर इन्डियाको उडानमार्फत कतारको दोहाबाट काठमाडौं आएका थिए।
प्रहरीले तामाङको साथबाट करिब ६१ ग्राम तौलको सुनको ढिक्का १ थान र सुनको औंठी १ थान बरामद गरेको छ। उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तामाङलाई थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया