कतारबाट आएका युवक विमानस्थलमा सुनसहित पक्राउ



Advertisement
Ads

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा भन्सार छल्दै सुन ल्याएको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन्।

चितवन भरतपुर महानगरपालिका-१२ का संजय तामाङलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। उनी एयर इन्डियाको उडानमार्फत कतारको दोहाबाट काठमाडौं आएका थिए।


Advertisement

प्रहरीले तामाङको साथबाट करिब ६१ ग्राम तौलको सुनको ढिक्का १ थान र सुनको औंठी १ थान बरामद गरेको छ। उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तामाङलाई थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर