स्वरोजगार लघुवित्तको एफपीओमा लगानीकर्ताको ओइरो, दोस्रो दिनमै ७१ गुणा बढी आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
स्वरोजगार लघुवित्तको एफपीओमा लगानीकर्ताको ओइरो, दोस्रो दिनमै ७१ गुणा बढी आवेदन
AdvertisementAds

स्वरोजगार लघुवित्तको एफपीओमा दोस्रो दिनमै मागभन्दा ७१.२५ गुणा बढी आवेदन परेको छ। सोमबार फागुन १९ गते साँझसम्म १० लाख ९९ हजार ७९७ आवेदकहरूले १ करोड ३९ लाख ४९ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले फागुन १८ गतेदेखि १ लाख ९५ हजार ७७३ कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँ एफपीओ निष्काशन गरेको हो। एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले  सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। एफपीओलाई इक्रा नेपालले ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व बहन गर्ने क्षमतालाई जनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स