एसईई पास भएकाहरुलाई विजय लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एसईई पास भएकाहरुलाई विजय लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि स्थायी दरबन्दीमा १० जना कर्मचारी माग गरेको छ। संस्थाले सहायक पदमा ४ जना, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ३/३ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ।

कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि न्यूनतम शैक्षिक योग्यता एसईई (S.E.E) पास मागिएको छ भने सहायक पदका लागि कम्तीमा प्लस टू (10+2) उत्तीर्ण गर्नुपर्नेछ। साथै, कम्प्युटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकल चालक अनुमति पत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

दरखास्त दिन चाहने उम्मेदवारले कम्तीमा १८ वर्ष उमेर पूरा गरेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ। योग्य तथा इच्छुक नेपाली नागरिकहरूले अबको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ।

Screenshot 2025 04 30 08 05 48 82 512d59465dcd1d9c8e9be3e706423fdf https://bajarkochirfar.com/44254-2job-openings-at-vijay-microfinance-for-see-passers-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स