निजामती विधेयकमा संशोधनका लागि ४३ सांसदको प्रस्ताव

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
निजामती विधेयकमा संशोधनका लागि ४३ सांसदको प्रस्ताव

संघीय निजामती विधेयकमा देखिएको गडबडीका कारण ४३ जना सांसदले राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको उक्त विधेयक हाल संशोधन प्रक्रियामा रहेको छ।

विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा त्रुटि देखिएपछि राष्ट्रिय सभामा विवाद सुरु भएको हो। यसअघि प्रतिनिधि सभाबाट पारित विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको भन्दा फरक प्रावधान समावेश गरिएको पाइएको थियो। सत्ता पक्ष र विपक्ष दुबै दलले विधेयकमा चलखेल भएको भन्दै आपत्ति जनाएपछि विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो।

प्रतिनिधि सभाबाट गठन गरिएको ७ सदस्यीय विशेष छानबिन समितिमा नेपाली कांग्रेसका जीवन परियार संयोजक छन् भने सदस्यहरूमा सुशीला थिङ (कांग्रेस), ईश्वरी घर्ती र नारायण आचार्य (एमाले), माधव सापकोटा (माओवादी केन्द्र), गणेश पराजुली (रास्वपा) र रोशन कार्की (राप्रपा) छन्।

कुलिङ पिरियड प्रावधानमा भएको परिवर्तन कसरी र कसको संलग्नतामा भएको हो भन्नेबारे छानबिन गर्न समिति क्रियाशील छ। समितिले हालसम्म राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग समेत सोधपुछ गरिसकेको छ।

विधेयकमा भएको गम्भीर गडबडीप्रति विभिन्न दलका सांसदहरू आक्रोशित छन्। उनीहरूले दोषीमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राखेका छन्। नेकपा एमाले र माओवादी केन्द्रले त विधेयकमा भएको ‘षड्यन्त्र’मा संलग्न सबैको जिम्मेवारी तोक्नुपर्ने अडान लिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स