न्याय सेवातर्फका ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले उक्त निर्णय गरेको हो।
सिफारिसअनुसार सर्वोच्च अदालतका सह–रजिष्ट्रार मानबहादुर कार्कीलाई रजिष्ट्रारमा बढुवा गरिएको छ। त्यस्तै, महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सूर्यराज दाहाल सचिवमा बढुवा भई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवका रूपमा पदस्थापन भएका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोगकी कार्यवाहक सचिव निर्मला अधिकारीलाई सचिवमा बढुवा गरी सोही आयोगमै पदस्थापन गरिएको छ। यस्तै, निर्वाचन आयोगकी सहसचिव निर्मला दाहाललाई सचिवमा बढुवा गरी नेपाल कानून आयोगमा सचिवका रूपमा नियुक्त गरिएको छ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, बैठकले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत तथा कानून समूहका १९ जना अधिकृतको समेत सरुवा गरेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया