insta insta

१४ दल समानुपातिक सूची नबुझाउने ? यस्तो छ कारण

१४ दल समानुपातिक सूची नबुझाउने ? यस्तो छ कारण
Advertisement Ads

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले आज समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाउँदै छन्। आज अन्तिम दिन भएकाले सूची टुंग्याउन दलहरूलाई भ्याइनभ्याइ देखिएको छ।

तर, १४ वटा राजनीतिक दलले भने समानुपातिक प्रणालीतर्फ उम्मेदवार सूची नबुझाउने भएका छन्। ती दलहरूले निर्वाचन आयोगलाई प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत मात्रै चुनावमा सहभागी हुने जानकारी गराइसकेका कारण समानुपातिक सूची नबुझाउने निर्णय गरेका हुन्।

समानुपातिक सूची नबुझाउने दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवादी युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी नेपाल र सर्वोदय पार्टी रहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन १४४ वटा राजनीतिक दल दर्ता भएका छन्।

605532114 1231960288792896 8583102462632833068 n https://bajarkochirfar.com/14-parties-not-submitting-proportional-list-here-is-the-reason | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स