दोर्दी खोला जलविद्युत लिमिटेडले चैत १९ गतेदेखि १००% हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
यस अन्तर्गत, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ हुनेछ। हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो, जसअनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म तोकिएको छ।
इक्रा नेपालले कम्पनीलाई ICRA NP Issuer Rating B+ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाहरूबाट आवेदन दिन सक्नेछन्।
साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, र मेरो शेयर अनलाइन पोर्टल प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया