अपर हेवाखोलाको विशेष साधारणसभाबाट १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव स्वीकृत
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको चैत २२ गते बसेको विशेष साधारणसभाले १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले हाल कायम रहेको रू. ५० करोड चुक्ता पुँजी बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसअनुसार कम्पनीका सेयरधनीले प्रत्येक एक कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयर पाउनेछन्।
हकप्रद सेयर निष्काशनपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजीमा वृद्धि हुने भएकाले, त्यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।