instainsta

स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज निर्वाचन चिह्न पाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज निर्वाचन चिह्न पाउँदै
AdvertisementAds

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज निर्वाचन चिह्न पाउँदैछन्। निर्वाचन कार्यतालिका अनुसार बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो ३ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने साँझ ५ बजेसम्म चिह्न प्रदान गरिसक्नेछ।

यसपटक उपनिर्वाचन ४४ पदका लागि हुँदैछ, जसमा ४१० जनाले उम्मेदवारी दिएका छन्। रिक्त पदहरूमा प्रमुख २, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, र वडाध्यक्ष ३४ पद समावेश छन्।

निर्वाचन हुने प्रमुख पदहरूमा ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगर प्रमुख, जाजरकोटको नलगाड उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद छन्। दोलखा, हुम्ला, र बाजुराका विभिन्न गाउँपालिकाका उपाध्यक्ष पद पनि यस निर्वाचनमा छनोट हुँदैछन्। वडाध्यक्ष पदका लागि ताप्लेजुङ, झापा, मोरङ, काठमाडौं, सप्तरी, मकवानपुर, गुल्मी, रोल्पा, बर्दिया, डोटी, र कञ्चनपुरलगायतका ३४ ठाउँमा निर्वाचन हुने छ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली र चिह्न वितरणपछि चुनावी प्रक्रिया थप तीव्र रूपमा अघि बढाउनेछ। यी उपनिर्वाचनले रिक्त स्थानहरू पूर्ति गरी स्थानीय तहको प्रशासनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स