स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा बढ्दा अन्य वित्तीय सूचक कस्ता

स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा बढ्दा अन्य वित्तीय सूचक कस्ता

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणमा प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा ४.५१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा बैंकले ३ अर्ब ३० करोड खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६ करोड रुपैयाँ थोरै हो। यस्तै समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २.१४% पुगेको छ।

बैंकको निक्षप संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको अन्त्यसम्ममा ४.२७% ले घटेको छ। यता कर्जा प्रवाह भने ४.२५% ले बढेको छ। समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गर्दा ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। यस्तै बैंकको खुद ब्याज आम्दानी १३.४६%, सञ्चालन आम्दानी ७.५३%, सञ्चालन मुनाफा ४.५३% ले घटेको छ।

बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २१ करोड ६१ लाख छुट्याएको छ । यस्तै, बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने बितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ छ।

गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा देखिएको छ।

Financial 1080 x 1080 px 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स