स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बुक क्लोज मिति सरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको जानकारी गराएको हो । यसअघि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गर्ने बताएको थियो । परिवर्तन भएको मिति अनुसार अब बैंकको बुक क्लोज मंसिर १२ गते हुनेछ । जसअनुसार अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।













प्रतिकृया