स्टान्डर्ड चार्टर्डको नाफामा सामान्य वृद्धि, अन्य वित्तीय सूचक कस्ता

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ७ गते
स्टान्डर्ड चार्टर्डको नाफामा सामान्य वृद्धि, अन्य वित्तीय सूचक कस्ता

स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४.१७ प्रतिशतले बढेर ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा बढेको हो। अघिल्लो वर्ष यस बैंकले सोही अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।

असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष २ करोड २ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ५ करोड ७१ लाख रुपैयाँले घटेको छ। तर, खुद ब्याज आम्दानी भने १५.७५ प्रतिशतले घटेर १ अर्ब १६ करोड ९० लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा  बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसामा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने २२७ रुपैयाँ १३ पैसामा कायम भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स