सूर्यज्योति लाइफ इन्स्योरेन्सको (SJLIC) ३ लाख कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
यस सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र आफूले लिन चाहेको सेयर संख्या खुलाई काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ।तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
#bajarkochirfar #sjlic










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया