सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन २६ सय रुपैयाँले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र ८ गते
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन २६ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुन चाँदीको मूल्यले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुशार आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ भजे तेजाबी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  गत फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो सो रेकर्ड आज ९ दिनमै तोडिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स