सीइडीबी हाइड्रोपावरको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा भोलि बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३० गते
सीइडीबी हाइड्रोपावरको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा भोलि बस्दै

सीइडीबी हाइड्रोपावरको  दुई आर्थिक वर्षको वार्षिक साधारण सभा  भोलि ( वैशाख ३१ गते ) बस्दैछ। सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । उक्त सभामा दुई आर्थिक वर्ष वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति  र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, वैशाख १८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स