सीइडीबी हाइड्रोपावरको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा भोलि बस्दै



Advertisement
Ads

सीइडीबी हाइड्रोपावरको  दुई आर्थिक वर्षको वार्षिक साधारण सभा  भोलि ( वैशाख ३१ गते ) बस्दैछ। सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ।


Advertisement

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । उक्त सभामा दुई आर्थिक वर्ष वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति  र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।


Advertisement

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, वैशाख १८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन।


Advertisement

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर