सिद्धार्थ बैंकको नाफा ३ अर्ब २ करोड
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणमा प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा ४.७८ प्रतिशतले घटेको छ।
यस्तो छ बैंकको प्रमुख वित्तीय सूचकहरुको परिदृश्य:
खुद नाफा:
बैंकले अघिल्लो आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्षको सोही अवधिमा ४.७८ प्रतिशतले घटेर ३ अर्ब २ करोड रुपैयाँमा सीमित हुन पुगेको छ।
सञ्चालन मुनाफा:
बैंकको सञ्चालन मुनाफा ६.१० प्रतिशतले घटेर ४ अर्ब ३७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ६५ करोड रुपैयाँ कमाएको थियो।
खराब कर्जा अनुपात:
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आषाढ मसान्त सम्ममा बैंकको खराब कर्जा अनुपात घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९६ प्रतिशत थियो जुन घटेर ०.७५ प्रतिशतमा आएको छ।
निक्षेप संकलन र कर्जा प्रवाह:
बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। बैंकले चौथो त्रैमासिक सम्ममा २ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
रिजर्भ:
बैंकको रीजर्भको आकार बढेको छ। आषाढ मसान्त सम्ममा बैंकको रिजर्भमा १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
इम्पेयरमेन्ट चार्ज:
बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्ज छुट्याउनु पर्छ। बैंकले इम्पेयरमेन्ट चार्जको रूपमा १ अर्ब २३ करोड रुपैयाँ छुट्याएको छ।
वितरणयोग्य मुनाफा:
असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा ६६ करोड रुपैयाँ रहेको छ।
प्रतिसेयर आम्दानी :
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ११.३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९६.३६ रुपैयाँ देखिएको छ।





