आज नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ८ उपसमूह बढेको छ भने ५ उपसमूह घटेको छ। दिनभर ५ अर्ब ९ करोड २९ लाखको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाईड्रोपावरको भएको छ। यस दिन ३२५ कम्पनीको १ करोड २४ लाख सेयर कारोबार भएको छ्।
प्रि ओपन सेसनमा उत्साहजनक वृद्धि देखिएको बजार बन्द हुने क्रममा भने सामान्य अङ्कले मात्र बढेर बन्द भयो। गत साता सामान्य अङ्कले घटेर बन्द भएको बजार आज भने बजार सामान्य अङ्कले बढेको छ। तर, कारोबार रकममा भने सुधार देखिएको छैन। निरन्तर गिरावटपछि केही राहत पाएसंगै बिस्तारै बजारमा सेलिङ् प्रेसर कम हुँदै गएको छ। यसअघि व्यापक गिरावटले निरन्तरता पाएको बजार आजको बजारले थोरै भए पनि सकारात्मक मोड लिएको देखिएको छ। आजको बजारले सकारात्मक मोड लिएतापनि यसअघि बजार व्यापक रूपमा घटेको हुनाले बजारको कारोबार रकम भने बृद्धि नभएको अनुमान गर्न सकिन्छ। साथै, नजिकिदै गरेको चाडपर्वको कारण पनि बजारमा कारोबार रकममा वृद्धि देखिएको छैन।
प्राविधिक विश्लेषकहरूको भनाइ अनुसार बजारले तत्काल ठूलो वृद्धि वा गिरावट देखाउने सम्भावना भने कम रहेको छ। अहिलेको बजार परिस्थितिमा साइडवेज ट्रेन्ड अर्थात् बजार केही समयसम्म स्थिर रहने अनुमान गरिएको छ।
नेप्से ११.५८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज नेप्से ११.५८ अंकले बढ्दा तीन कमापनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने १३८ कम्पनीहरूको सेयरमूल्य बढेको छ ।
आज सर्किट लागेर बढ्नेमा क्रमश: इस्टर्न हाईड्रोपावर, आत्मनिर्भर लघुवित्त, र अपर स्यङ्गे हाईड्रोपावर रहेको छ।

नेप्से ११.५८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ११.५८ अंकले बढ्दा ९४ कम्पनीको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: रावा इनर्जी डेभलपमेन्ट, स्वरोजगार लगुवित्त, कालिका लघुवित्त, साहस ऊर्जा र विन नेपाल लगुवित्त रहेको छ।


प्रतिकृया