सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट सेयरधनीलाई १८.३८ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ। सोहि चुक्ता पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स