प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगहरूलाई कारबाही गर्ने बताएका छन्।
आईतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भने,“सहकारीपीडितलाई उचित निर्णय लिन्छौँ, जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ । सुशासनको लागि स्टन्ट हैन सही इन्टेन्सन चाहिन्छ ।”
प्रधानमन्त्री ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताए।
उनले भने, ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ। कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ।’




















प्रतिकृया