सपोर्ट लघुवित्तको १ लाख २३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
सपोर्ट लघुवित्तको १ लाख २३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा’ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमध्ये १३ प्रतिशतले हुन आउने एक करोड २३ लाख ८० हजार ९ सय ४० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६ सय २८ रुपैयाँ नगद लाभांश वितरण गरेको हो । सोहि १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

उक्त बोनस सेयर सम्बन्धीत सयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

#Bajarkochirfar #bazaarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स