instainsta

सपोर्ट लघुवित्तको नाफामा ६३% वृद्धि , यस्ता छन अन्य सूचक

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
सपोर्ट लघुवित्तको नाफामा ६३% वृद्धि , यस्ता छन अन्य सूचक
AdvertisementAds

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वितिय विवरण सार्बजनिक  गरेको छ। उक्त विवरण  अनुसार कम्पनीले  २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३.०८ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा संस्थाले १५ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी ३४.३० प्रतिशतले वृद्धि भएर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ करोड ४४ लाख रुपैयाँ थियो। यससँगै, सञ्चालन नाफा पनि १५.८५ प्रतिशतले वृद्धि भएको छ। ब्याज आम्दानीमा वृद्धिले नै नाफामा सुधार आएको देखिएको छ।

कम्पनीको चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.०५ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स