नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ ।
प्राधिकरणले विभिन्न संरचनाहरूमा सडक बत्ति जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरूले तिनुपर्ने थप दस्तुरसहितको बक्यौता रकम बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्थासहितको सूचना सार्वजनिक गरेको हो ।
साथै, यो सूचना सार्वजनिक भएको मितिबाट ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन समेत आग्रह गरेको छ।

#bajarkochirfar #bazarkochirfar

प्रतिकृया