instainsta

विष्णु माझीको तीज गीत आएपछि दर्शकको प्रतिक्रिया, ‘बल्ल तीज आएजस्तो भयो’

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ८ गते
विष्णु माझीको तीज गीत आएपछि दर्शकको प्रतिक्रिया, ‘बल्ल तीज आएजस्तो भयो’
AdvertisementAds

लोकप्रिय गायिका विष्णु माझीले यस वर्षको तीज गीत ‘आइनँ आमा यो तीजमा’ शनिबार बिहान सार्वजनिक गरेकी छिन्। गीत सार्वजनिक भएलगत्तै स्रोता–दर्शकबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

‘आइनँ आमा यो तीजमा’ बोलको यस गीतले चेलीले तीजमा माइत जान नसकेको पीडा र आमालाई पठाएको सन्देशलाई समेटेको छ। अडिओ मात्र सुन्दा चेलीको खुसी झल्किए पनि भिडियो हेर्दा चेलीले भोगेको पीडा र वेदना झल्कन्छ। गीतमा, चेलीले घरमा पाएको दुःख र पीडा लुकाएर आमालाई सबै कुरा ठिक छ भन्ने सन्देश पठाएकी छिन्। विष्णु माझीको मर्मस्पर्शी स्वरले भरिएको झन्डै १७ मिनेट लामो यो गीतले स्रोता–दर्शकको मन जितेको छ।

गीत रिलिजसँगै सामाजिक सञ्जालहरूमा दर्शकहरूबाट व्यापक प्रतिक्रिया आएको छ। धेरैले लेखेका छन्, “अब बल्ल तीज आएजस्तो भयो।” लोकदोहोरीका प्रशंसकहरूले गीतलाई तीजको सुरुवातको रूपमा लिँदै चाडपर्वको माहोललाई थप जीवन्त बनाएको टिप्पणी गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स