चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६ करोड ३९ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.८८ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।विद्युत् बिक्रीबाट भएको आम्दानीमा सुधारको कारणले नाफामा वृद्धि भएको हो।
गत वर्ष विद्युत् बिक्रीबाट १४ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष १५ करोड ६ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ। साथै, कम्पनीको वित्तीय र प्रशासनिक खर्चमा पनि कमी आएको छ। वित्तीय खर्च ३ करोड ६३ लाख रुपैयाँबाट घटेर ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च १ करोड ५२ लाखबाट घटेर १ करोड ३४ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ६० लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ६.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११८.६७ रुपैयाँ रहेको छ।



















प्रतिकृया