यसकारण बढ्यो विन्ध्यबासिनी हाइड्रोपावरको नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
यसकारण बढ्यो विन्ध्यबासिनी हाइड्रोपावरको नाफा
Advertisement Ads

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ३६.३७ प्रतिशतले बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिद्युत बिक्रि आम्दानी बढ्नु र वित्तीय खर्च घटेका कारण नाफा बढेको हो ।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

वित्तीय खर्च ५.९५ प्रतिशतले घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ भने विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढेर १६ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ६ लाख रुपैयाँ थियो।

Advertisement Ads

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा रहेको कम्पनीले जनाएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ।

आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरणः

कम्पनीले आगामी अवधिमा थप जलविद्युत आयोजना छनौट गर्ने तथा निर्माणाधीन आयोजनाहरूमा समेत निरन्तर लगानी गर्दै जाने योजना अघि सारेको छ। कम्पनीले हालसम्म पिपुल्स इनर्जी लि. (खिम्ती–२ जलविद्युत आयोजना ४८.८० मेगावाट), मल्टी इनर्जी डेभलपमेण्ट कम्पनी लि. (लाङटाङ खोला जलविद्युत आयोजना २०.०० मेगावाट), बलेफी इनर्जी प्रा.लि. (बलेफी खोला जलविद्युत आयोजना ४०.०० मेगावाट) तथा नेपाल पावर एक्सचेञ्ज लि. मा लगानी गरिसकेको छ।

BHDC 2 https://bajarkochirfar.com/this-is-why-bindhyabasini-hydropowers-profits-increased | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स