बुधबारको सेयर कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयर मूल्यमा ३०९ रुपैयाँ ९० पैसाले घटेर २ हजार ७८९ रुपैयाँ १० पैसामा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशतले घटेको हो।
समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि ७ अंकले घटेर २,७४१.९५ बिन्दुमा पुगेको छ। यस अवधिमा सेयर बजारमा २ अर्ब २८ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ।




















प्रतिकृया