राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको पत्रकारिता निर्लज्ज भएको बताएका छन्। उनले पत्रकारिता जोगाउन र आफू ननांगिन आग्रह गरेका छन्। मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्।
लामिछानेले भने, “यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन।”
उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था सुधारका लागि भएको स्पष्ट पारे। उनले भने कि, आफूहरूले विकृति–विसंगतिको विरोध गर्दा यदि कसैले आक्षेप लगाउँछ भने यो समस्या हो।
“हाम्रो आगमन अरूका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म तपाईंहरूको टाउको दुखिरहन्छ। रास्वपा सकिएको कुरा पनि छ, तर यो कुप्रचार हो। हामी फैलँदै छौं,” लामिछानेले थपे।
उनले २०७९ को चुनावमा सहभागिता २०८४ मा चुनाव लड्नको निम्ता कार्ड भएको बताएका छन्। “निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौं भने चुनावमा लड्दा के होला?” भन्दै प्रश्न गरे।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया