सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले दुइ आर्थिक वर्षको नाफाबाट बोनस सेयर र हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले अघिल्लो दुई आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (कर बाहेक) का दरले बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात कम्पनीले ५४.५ प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने जनाएको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
त्यस्तै, सभामा अघिल्लो दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ।
सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार असोज ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुन्छन ।




















प्रतिकृया