ओरियन्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै असोज २० गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष पनि कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्येस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असोज ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।















प्रतिकृया