अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २१औं वार्षिक साधारण सभा बोलाएको छ। भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको (५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार) आधारमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले गत आर्थिक वर्ष ०८०/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १५ गते सम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउने र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

















प्रतिकृया