सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्दै १८औं वार्षिक साधारण सभा कात्तिक १२ गते बोलाएको छ। सभा काठमाडौंको अमृतभोग, डिल्लीबजारमा बिहान ९ बजे हुनेछ। सभाले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, २०८०/८१ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा अन्य वित्तीय विवरणहरू पारित गरिनेछ।
यस वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा छलफल हुनेछ। साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभामा भाग लिन र लाभांश प्राप्त गर्न असोज २३ सम्मका सेयरधनी योग्य हुनेछन्, किनकि बैंकले असोज २९ मा १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
















प्रतिकृया