राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गर्याे

राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गर्याे

नेपाल राष्ट्र बैंकले दुई मनी चेञ्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम.ओम मनि एक्सचेन्ज प्रालि का लाइसेन्स रद्द गरिएको हो।

राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूले इजाजतपत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेका कारण लाइसेन्स रद्द गरिएको हो।

सूचनामा भनिएको छ, “मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।”

559468280 816576704095080 3627343315881222463 n https://bajarkochirfar.com/nepal-rastra-bank-revokes-licenses-of-two-money-changer-companies | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स