insta insta

राष्ट्र बैंकको तथ्यांकले भन्छ, “मूल्यवृद्धि घटेको घट्यै”

राष्ट्र बैंकको तथ्यांकले भन्छ, “मूल्यवृद्धि घटेको घट्यै”
Advertisement Ads

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्म उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.१७ प्रतिशत रहेकोमा यस वर्ष उक्त दर उल्लेखनीय रूपमा घटेको हो।

खासगरी खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहेक छ। खाद्य समूहभित्र केही वस्तुहरूको मूल्य भने अझै उच्च दरले बढेको छ। घ्यू तथा तेलको मूल्य १०.०६ प्रतिशतले, गैर-मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशतले, फलफूलको ३.५१ प्रतिशतले र दालरगेडागुडीको मूल्य २.८५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। तर, तरकारीको मूल्य ७.०४ प्रतिशतले, मरमसलाको ३.०६ प्रतिशतले र माछा-मासुको मूल्य २.९१ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा देखिएको छ।

खाद्य वस्तुको तुलनामा गैर-खाद्य तथा सेवा समूहमा भने मुद्रास्फीति केही उच्च देखिएको छ। सो समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। यसमा विविध वस्तु तथा सेवाहरूमा ९.४३ प्रतिशत, कपडा तथा जुत्ता-चप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य वस्तुहरूमा ४.६८ प्रतिशत मूल्यवृद्धि देखिएको छ।

स्थानगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रमा २.६६ प्रतिशत मापन गरिएको छ। काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत रहेको छ भने तराईमा २.५८ प्रतिशत, पहाडमा २.४८ प्रतिशत र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत मुद्रास्फीति देखिएको छ। प्रदेशगत रूपमा कोशी र हिमाल क्षेत्रमा मुद्रास्फीति ४.१८ प्रतिशत रहेको छ भने सुदूरपश्चिममा ३.८६ प्रतिशत, कर्णालीमा २.५४ प्रतिशत, मधेशमा २.५२ प्रतिशत, लुम्बिनीमा २.३९ प्रतिशत, बागमतीमा २.२९ प्रतिशत र गण्डकी प्रदेशमा १.७५ प्रतिशत मात्र मुद्रास्फीति मापन गरिएको छ।

चालु आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति वर्षकै न्यून अवस्थामा पुगेको हो। राष्ट्र बैंकका अनुसार जेठमा मुद्रास्फीति दर २.७२ प्रतिशतमा सीमित रहँदा अघिल्ला १० महिनाको औसत मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ।

516559510 1090112533034179 8525558570394414231 n https://bajarkochirfar.com/national-bank-data-says-inflation-has-declined-marginally | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स