‘रावायण’को असफलतासँगै पल शाहले अर्को ठूलो प्रोजेक्ट गुमाएका छन्। यस अघि किरण नेपालीको प्रस्तुतीमा निर्माण हुने फिल्म ‘कल्ली’मा नायक शाहलाई अनुबन्धित गरिएको थियो।
तर हालै प्रदर्शनमा आएको चलचित्र ‘रावायण’को कमजोर प्रदर्शन र चलचित्रमा उनले निभाएको पात्रलाई लिएर बजारमा देखिएको खराब टिप्पणीका कारण निर्माणपक्षले उनको ठाउँमा नायक सौगात मल्ललाई अनुबन्धित गरेको बुझिएको छ।
निर्देशक लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्न लागेको यो फिल्मको छायांकन तिहारपछि कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा सुरु गरिने तयारी छ। यसअघि उनले निर्देशन गरेको फिल्म ‘बुलाकी’लाई राम्रो प्रतिक्रिया पाएको थियो। फिल्मको रिलिज मिति चैत २९ गते तोकिएको छ



















प्रतिकृया