रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ। थपिएको १३ दिनको म्याद समाप्त भएपछि उनलाई अदालतमा पेस गर्न लागिएको हो। लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए र हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ। यस प्रकरणमा मिडियाका अध्यक्ष जीबी राई, सञ्चालक छविलाल जोशी, र कुमार रम्तेल समेतमाथि उजुरी परेको छ। संसदीय छानबिन समितिले समेत दोषी देखाउँदै थप अनुसन्धान सिफारिस गरेपछि रवि र छविलाई नियन्त्रणमा लिइएको हो। जीबी भने अझै फरार छन्।

चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरिएको आरोप छ। चितवन जिल्ला अदालतले मंसिर ७ मा लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीका अनुसार सूर्यदर्शन, सुप्रिम, र सहारा सहकारीबाट लामिछानेको नाममा कुनै कर्जा नलिइएको देखिए पनि ती सहकारीको रकम गोर्खा मिडियामा गएको प्रमाण फेला परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रेरित दाबी गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स