रवि लामिछानेलाई आज विमानमार्फत रूपन्देही पठाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
रवि लामिछानेलाई आज विमानमार्फत रूपन्देही पठाइने
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधका आरोपमा कास्की प्रहरी हिरासतमा राखिएको २४ दिनपछि अनुसन्धानका लागि रुपन्देही पठाइने भएको छ। लामिछानेमाथि सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीको ठगी आरोपमा मुद्दा चलिरहेको छ।

कास्की जिल्ला अदालतले उनको हिरासत समय थप गरेपछि प्रहरीले उनलाई रुपन्देही लैजाने तयारी गरेको हो। उनलाई आज साँझको विमानमार्फत भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ। रुपन्देही प्रहरीले लामिछानेलाई ल्याउँदा हुनसक्ने प्रदर्शनलाई नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था मिलाएको छ।

प्रारम्भिक अनुसन्धानले देखाएको छ कि लामिछाने र अन्य प्रतिवादीहरूले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमित तरिकाले खर्च गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स