रवि लामिछानेमाथि अनुसन्धान सुरु, पोखरामा निषेधाज्ञा जारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ५ गते
रवि लामिछानेमाथि अनुसन्धान सुरु, पोखरामा निषेधाज्ञा जारी
AdvertisementAds

कास्की जिल्ला प्रशासनले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको प्रदर्शन रोक्न पोखराको शहीदचोक र गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

झडप तथा हुलदङ्गा रोक्न हिजो बिहानदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।

पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, तथा विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ। लामिछाने सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि हिरासतमा छन्, र प्रशासनले म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स